बांके । भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका एक कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु भएको छ ।
तीन हप्ताअघि कोरोना पुष्टि भएका बाँके खजुराका ८८ वर्षीय पुरुषको शनिबार बिहान तीन बजे मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, खजुरा गाउँपालिका– ७ का ८८ वर्षीय बृद्धलाई स्वास्थ्यमा समस्या आएपछि मंसिर ३० गते अस्पतालमा ल्याइएको थियो ।
