बर्खास्तीमा परेको एसपी विष्टलाई पुनर्वहाली गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा बर्खास्तीमा परेका एसपी डिल्लीराज बिष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ ।

प्रमाण नष्ट गरेको र दिलिपसिंह विष्टलाई यातना दिएको आरोपमा लागेका उनीहरुलाई यसअघि जिल्ला अदालत कञ्चनपुरले सफाई दिएको थियो ।

२०७६ साउन १५ गतेको सो फैसलापछि उनले बर्खास्तीको निर्णयमा पुनर्बिचार गर्न गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा अपिल गरेका थिए । गृह मन्त्रालको प्रस्तावमा यसअघि गरेको बर्खास्तीको निर्णय सच्च्याईएको एकजना मन्त्रीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *