प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, ओली समूहद्वारा कार्यकर्ता भेलाको आयोजना

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-नेपाल समूह र प्रधानमन्त्री ओली समूह छुट्टाछुट्टै रणनीति बनाउन थालेका छन् । प्रचण्ड नेपाल समूहको आज सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक बस्दै छ ।

सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज मध्यान्ह पेरिसडाँडास्थित कार्यालयमा बैठक बोलाइएको छ । बैठकपछि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने योजना छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा प्रचण्ड–माधव समूहले मंगलबार देशव्यापी प्रदर्शन गरेको थियो ।

यता केपी शर्मा ओली नेतृत्वको नेकपाको समूहले सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण आयोजना गर्दैछ । मध्यान्ह १२ बजे कार्की ब्यांक्वेट बबरमहलमा ओली समूहले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको हो । कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *