संघर्षबाट प्राप्त उपलब्धी नै गुम्ने हुन् कि भन्ने खतरा पैदा भयोः प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघर्षबाट प्राप्त उपलब्धी गुम्ने खतरा बढेको बताएका छन् ।

तमू (गुरुङ) समुदायको तमू ल्होछार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हि पर्वको अवसरमा विज्ञप्ति जारी गरी प्रचण्डले संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी र निरंकुशतावादीहरू सल्बलाएको बताएका हुन् । उनले पछिल्ला घटनाक्रमले जनताको संघर्षबाट प्राप्त उपलब्धी गुम्ने त होइन भन्ने खतरा पैदा भएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *