काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको प्रचण्ड नेपाल समूहले देशैभर प्रदर्शन गरेको छ । काठमाडौंमा भएको विरोध प्रदर्शनपछि भृकुटीमण्डपमा आयोजित सभालाई शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
विरोधसभा अघि काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्किएको थियो । विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले सम्बोधन गरेकी थिइन् । विरोध सभालाई सम्बोधन गर्दै नेताहरुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम प्रतिगामी भएको भन्दै विरोध गरेका छन् ।


