राष्ट्रिय वाणिज्य बैंकमा भएको अनियमिततामा संलग्न आठजनाविरुद्ध मुद्दा दायर, ८ करोड २५ लाख विगो माग दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगंजस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट कर्मचारी र धितो मूल्याङ्कनकर्ता समेतको मिलेमतोमा सरकारी कागज किर्ते बनाई ऋण प्रवाह गरी भ्रष्टाचार गरेको अभियोगमा बैंकका कर्मचारीसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार बैंकका तत्कालीन प्रवन्धक ललितबहादुर शाही, सहायक कलबहादुर ओली, तत्कालीन उपप्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ता, रिजवन अहमद जसगढ, सकिना जसगढ, फहमिदा बानो जसगढ र धितो मूल्यांकनकर्ता कर्णबहादुर केकेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुले किर्ते कागजको आधारमा किर्ते धितो मूल्याङ्कन गरी उक्त कागजातहरु राष्ट्रिय बाणिज्य बैक त्रिभुवनचोक शाखामा पेश गरी कर्जा लिने कार्य गरी गैरकानूनी लाभ वा हानी पुर्याउने गरी गराई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । उनीहरुविरुद्ध आठ करोड २५ लाख विगो माग दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *