बारेन्ट्स समुद्रमा डुङ्गा दुर्घटना हुँदा १७ जना बेपत्ता

रसियाको पश्चिमी क्षेत्रमा रहेको बारेन्ट्स समुद्रमा माछा मार्न प्रयोग गरिएको एउटा डुङ्गा सोमबार डुब्दा त्यसमा रहेका कम्तीमा १७ जना बेपत्ता भइरहेका रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा परेका १९ जनामध्ये दुई जनालाई जीवितै उद्धार गरिएको मन्त्रालयको भनाई छ । ओनेगा नामको निजी डुङ्गा नोभाया जेम्ल्या नजिकैको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको र अधिकारीहरुले बिहान ७.३० बजे थाहा पाएका थिए । प्रतिकूल मौसमका कारण डुङ्गामा हिउँ जम्दै गएपछि डुङ्गा नै डुबेको आशंका गरिएको छ । हराइरहेका व्यक्तिको खोजी र उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *