चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री नेतृत्वको टोली काठमाडौंमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचै नेतृत्वको टोली काठमाडौं आइपुगेको छ । आइतबार मध्यान्ह एअर चाइनाको उडानमार्फत टोली काठमाडौं आएको हो ।

चार सदस्यीय चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग सोमबर बिहान भेट गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी टोलीले दुबै पक्षका विदेश मामिला प्रतिनिधिहरूसँगलाई संयुक्त भेटघाट गरी बृफिङ्ग लिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *