प्रदेश एकका तीन मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी

विराटनगर । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपाभित्र देखिएको फुटको असर प्रदेशहरुमा देखिन थालेको छ । वाग्मती प्रदेशबाट देखिएको असर प्रदेश एकसम्म पुगेको छ । प्रदेश एकमा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर तीन मन्त्रीले आइतबार बिहान राजीनामा दिएका छन् ।

सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका छन् । यसैबीच प्रचण्ड–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले आज मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने भएका छन् ।

प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए । तीन मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री राई नेतृत्वको सरकार प्रदेशसभामा अल्पमतमा परेको छ ।

 

यसैबीच, मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड- नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गर्न लागेकै बेला प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन मन्त्रिपरिषदले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *