काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरासँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छन् । शुक्रबार भएको भेटमा उनीहरुबीच आपसी हित र द्विपक्षीय चासोका विषयमा विचार विमर्श भएको थियो । पछिल्लो पटक नेकपा (दाहाल–नेपाल) समूहले पूर्वसभामुख महरालाई स्थायी कमिटीमा मनोनयन गरेको थियो ।
महराका अनुसार भेटमा आपसी हित र चासोका विषयमा छलफल भएको हो । राजदूत यान्छीले आजै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि शिष्टाचार भेटावार्ता गरेकी थिइन् । राजदूत यान्छीले बिहीबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग र केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेकी थिइन् ।
