संसद विघटनविरुद्धको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन तरुण दलको निर्देशन

काठमाडौं । नेपाल तरुण दलले संसद विघटनविरुद्ध पार्टीले यही पुस १३ गते गर्ने प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई आन्दोलनमा परिचालन निर्देशन दिएका हुन् ।

परिपत्रका भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टीको के.पी. ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा नेपाली कांग्रेस पार्टीले यही २०७७ साल पुष १३ गते सोमबार १६५ संघीय निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमितिको आयोजनामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको जानकारी गराउँदै उक्त विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन त्यस जिल्ला समितिले पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई व्यापक परिचालन गर्न÷गराउन निर्देशन गरिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *