आज ‘क्रिसमस डे’ भब्यताकासाथ मनाइदै

 

काठमाडौं । इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस डे’ शुक्रबार आज उल्लासका साथ मनाईँदै छ ।हरेक वर्ष डिसेम्बर २५ मा विश्वभरका इसाई धर्मावलम्बीले महान पर्वका रुपमा पारिवारसँग भेला भएर क्रिसमस डे मनाउने गर्दछन।

यो वर्ष कोरोना भाइरसको महामारीका कारण विश्वभर जस्तै नेपालमा पनि क्रिसमसका अवसरमा भिडभाडयुक्त कार्यक्रम नभए पनि साना समूहहरुमा भेला भएर प्राथर्ना तथा शुभकामना आदानप्रदान गरि मनाईँदै छ ।
क्रिसमस डेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *