ललितपुरमा टाटासुमोले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु

काठमाडौँ । ललितपुरको ग्वार्कोमा टाटासुमोले ठक्कर दिँदा दुईजना पैदलयात्रुको मृत्यु भएको छ । बागमती प्रदेश ०३००१ च ०७१३ नम्बरको टाटासुमोले बिहीबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार सुमोको ठक्करबाट तनहुँ घर भई ललितपुरको हरिसिद्धि बस्दै आएका ३४ वर्षीया सुनिता सोती (सापकोटा) र ४५ वर्षीय कृष्णप्रसाद तिमल्सिनाको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको ग्वार्कोमा रहेको बीएण्डबी अस्पतालमा लगिएका थियो । उपचारकै क्रममा दुबै जनाको मृत्यु भएको हो । टाटासुमो चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *