प्रचण्ड–नेपाल पक्ष शुक्रबार सबै केन्द्रीय सदस्यसहित निर्वाचन आयोग र सर्वोच्च अदालत जाने

काठमाडौँ । सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल पक्ष शुक्रबार सबै केन्द्रीय सदस्यसहित निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार बिहान १० बजे सर्वोच्च र मध्यान्ह १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको हो ।

आफूहरू आधिकारिक रहेको दाबी गर्न आयोग र संसद् जीवित छ भनेर देखाउन सर्वोच्च जाने निर्णय भएको स्थायी कमिटी सदस्य भीम आचार्यले जानकारी दिएका छन् । अहिले प्रचण्ड नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

पदपूर्तिकाे जिम्मा स्थायी कमिटीलाईः नेता रिजाल

केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार नेकपा केन्द्रीय कमिटीको यस बैठकमा महासचिव चयन सम्बन्धी कार्यसूची छैन । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूर्ति गर्ने जिम्मा बैठकले स्थायी कमिटीलाई दिने निर्णय गरेको उनले जानकारी दिएका छन् ।

बैठकले संसद विघटनको विरोधमा पुष १४ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । नेकपाका प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति पनि गठन गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *