सातै महादेशमा फैलियो कोरोना भाइरस

 

लन्डन ।
हाल सम्म कोभिड १९ मुक्त मानिएको विश्वको एक मात्र अन्तिम महादेश एन्टार्टिकमा पनि कोरोना भाइरस पुगेको छ । चिलियन सेनाले एन्टार्टिक प्रायद्विपमा रहेको बर्नाडो ओ हिगिन्स अनुसन्धान केन्द«मा ३६ वटा कोरोना संक्रमणको घटना भेटिएको जानकारी दिएका छन् ।
२६ जना सैनिक कर्मचारी तथा १० जना मर्मत कार्यमा संलग्न कामदारमा कोरोना भाइरस देखिएको हो । तिनीहरु सबैलाई चिली फर्काइएको सैनिक सुत्रले जनाएको छ ।
चिलीको नौसैनिक सुत्रले उक्त अनुसनधान केन्द«मा आवश्यक सरसामान तथा मानव ओसार्ने एउटा पानी जहाजमा संक्रमणका तीनवटा घटना देखिएको पुष्टि गरेको केही दिन पछि नै यति धेरै संख्यामा अन्य संक्रमित फेला परेका हुन् । यस घटनासंगै अब विश्वका सातैवटा महादेशमा कोरोना भाइरस पुगेको प्रमाणित भएको छ ।
२७ नोभेम्वरमा अनुसन्धान केन्द«मा आइपुगेको पानी जहाज दि सार्जेनटो एल्डि गत १० डिसेम्वरमा चिली फर्केको थियो । टाल्काहुआनो स्थित चिलीको नौसैनिक अखडामा आइपुग्नासाथ सो जहाजका चालक दलका तीनजना सदस्य कोरोना भाइरस पोजिटिभ भेटिएका थिए । चिलीको नौ सेनाले एन्टार्टिक भ्रमणमा गएका अन्य सबैका पिसिआर परीक्षण गरिएकोमा सम्पूर्ण परिणाम नेगेटिभ आएको पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *