दक्षिण कोरियामा जन्मदर घट्यो

दक्षिण कोरियामा जन्मदरमा कमी आएको छ । दक्षिण कोरियामा गत वर्षको तुलनामा यसवर्ष जन्म दरमा कमी आएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुले गत वर्षको तुलनामा यसवर्ष कम्तीमा पनि १४ प्रतिशतले जन्मदरमा कमी आएको बताइएका हुन् । यस वर्षको अक्टोबरमा २१ हजार ९३४ जना बालबालिका जन्मिएका हुन् ।

ती अधिकारीहरुका अनुसार यो संख्या यसै महिनाको अघिल्लो वर्षको तुलनामा कम्तीमा पनि १४.४ प्रतिशत हुन आउँछ । यो जन्मदर दक्षिण कोरियामा सन् १९८१ देखि शुरु गरिएको यससम्बन्धी तथ्यांककै सबैभन्दा कम रहेको स्टाटिस्टीक्स कोरियाले जनाएको छ । दक्षिण कोरियामा युवतीहरुले उमेर धेरै भए पछि मात्र विवाह गर्ने प्रचलन बसेको छ ।

जसका कारण यहाँको जन्मदरमा कमी आएको पाइएको हो । सो महिना अर्थात् अक्टोबरमा पनि विवाह गर्ने महिलाको संख्यमा कमी आएको देखिएको छ । यसै वर्षको अक्टोबरमा पहिलो वर्षको सो महिनाको तुलनामा १९ प्रतिशत भन्दा कमले विवाह गरेका पनि सो तथ्यांमा पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *