प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनको संवैधानिक इजलासमा सुनुवाई हुने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनको सुनुवाई संवैधानिक इजलासमा हुने भएको छ । बुधबारको सुनुवाईमा निवेदकले अन्तरिम आदेश मागेकामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले अन्तरिम आदेश जारी नगरी सैवैधानिक इजलासमा पठाएका हुन् ।

उनले संवैधानिक इजलासमा पनि निवेदन भएकाले सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका हुन् । सबै रिट निवेदन संवैधानिक इजलासमा पठाइएपछि अब शुक्रबार यी रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *