बालुवाटार भेलाले बैधानिकता पाउँदैनः प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको केन्द्रीय समिति बैठकले वैधानिकता प्राप्त गर्न नसक्ने बताएका छन् ।

आफू पक्षीय केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ६५ प्रतिशत केन्द्रीय सदस्य आफूहरुसँग रहेको भन्दै बालुवाटार भेलाले बैधानिकता नपाउने बताएका हुन् । उनले भने, ‘निर्वाचन आयोगको नियम कानुन ऐनअनुसार यो बैठक वैधानिक र आधिकारिक हो । बालुवाटारमा भएको भेला वैधानिकता प्राप्त लायक छैन ।’

प्रचण्डले पार्टीका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल आफूहरुको पक्षमा रहेको भन्दै यसको पनि ख्याल राख्नुपर्ने बताए । उनले सचिवालय सदस्यहरु वामदेव गौतम र रामबहादुर थापा पनि आफ्नो पक्षमा आउने बताए ।

’रामबहादुर थापा बादललाई आज बिहान पनि भेटेर कुरा गरेको छु । वामदेवजी र थापजीसँग मेरो भावनात्मक सम्बन्ध छ । यो नै आधिकारिक पार्टी हो । उहाँहरुलाई सगौरव आउन आग्रह गर्छु,’ उनले भने, ’यो हलले वामदेव र बादललाई अगाडि देख्न चाहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *