रेमिट्यान्समा उल्लेख्य वृद्धि

काठमाडौ । चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो चार महिनामा ३३७ अर्ब ७२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । मुलुकमा कोरोना कहर यता उच्च सुधारमा रहेको रेमिट्यान्स आप्रवाह चार महिनामा ११ दशमलव २ प्रतिशतले वृद्धि भएको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण विश्व अर्थतन्त्र तथा नेपालको अर्थतन्त्र पनि खलबलिएका बेला नेपालमा भित्रिने रेमिट्यान्स भने निरन्तर बढ्दो अवस्थामा रहेको छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबार प्रकाशित गरेको आर्थिक वर्ष २०७७–७८ को चार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २ दशमलव ८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६दशमलव ४ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १दशमलव ९ प्रतिशतले घटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *