अमेरिकी राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना बिरुद्धको खोप लगाए

 

न्युर्योक । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जोय बाइडेनले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएको संचार माध्यमले जनाएका छन ।
खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले जानकारी दिएका छन ।
यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए । उनीहरुले पनि खोपलाई लिएर सर्वसाधारणमा रहेको शंका दूर गर्नका लागि सार्वजनिक रुपमा खोप लगाएको बताएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *