अक्सिजन भेन्टिलेटर विस्फोट हुँदा नौ को मृत्यु

इस्तानवुल । दक्षिणी टर्की स्थित कोरोना भाइरस संक्रमितहरुको उपचार भइरहेको एउटा अस्पतालमा एउटा अक्सिजन भेन्टिलेटर विस्फोट हुँदा नौ जनाको ज्यान गएको छ । स्थानीय गभर्नरको कार्यालयले गाजियान्टेपमा रहेको सान्को युनिभर्सिटी नामक निजी अस्पतालमा शनिवार सो विस्फोटलगत्तै आपतकालिन उपचार कक्षमा आगलागी भएको जनाएको छ ।

यस दुर्घटनामा अर्को अस्पतालमा सारिने क्रममा कम्तिमा एकजना बिरामीको मृत्यु भएको स्थानीय संचार माध्यमले जनाएका छन् । जोहन्स होप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार झण्डै २० लाख कोरोना संक्रमित रहेको टर्कीमा १७ हजार ६ सय १० जनाको मृत्यु भइसकेको छ । बिहान सवेरै भएको आगलागीमा भने कसैलाई पनि चोट नलागेको बताइएको छ ।

मारिनेहरुमा ५६ देखि ८५ वर्ष उमेर समुहका व्यक्ति परेको अस्पतालले पुष्टि गरेको छ । विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान शुरु भइसकेको छ । गत महिना पनि रोमानियाको एक अस्पतालमा आगलागी हुँदा कोरानाको उपचार गराइरहेका दसजना बिरामीको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *