काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरु नै सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम चालेको भन्दै नेकपाका जनवर्गीय संगठनका कार्यकर्ताहरुले आइतबार दिउँसो काठमाडौंको माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले सरकार विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले ‘गैरसंवैधानिक कदम खारेज गर’, ‘संसद विघटन जनमतको धोका हो’, लगायत लेखिएका ब्यानर र प्लेकार्ड लिएर नारखबाजी गरेका थिए ।

