काठमाडौँ । जनता समाजवादी पार्टी नेता राजेन्द्र महतोले संविधानमाथि ‘कू’ भएको बताउँदै सो कदम आफूहरुले नमान्ने बताएका छन् । उनले भने, “यो विल्कुल संविधान विपरीत कदम हो । संविधानमाथि कू हो । संवैधानिक व्यवस्थाको विपरीत, संवैधानिक मूल्य मान्यताको विपरीत काम भयो ।”
उनले अहिलेको अवस्थामा संसद विघटन हुन नसक्ने उल्लेख गरे । नेता महतोले भने, ‘संविधानले संसद विघटनको केही परिस्थिति राखेको छ, त्यो अवस्था अहिले बनेको छैन । आफ्नो पार्टीको झगडाको सजायँ संविधानलाई दिने? संसदलाई दिने? यो गलत भयो ।
उनले प्रधानमन्त्रीको कदम गलत भएकाले त्यसको व्यापक विरोध जरुरी भएको बताए । ‘हामी विरोध गर्छौं, हामी मान्दैनौं’, महतोले भने ।
