संसद विघटनको सिफारिस राष्ट्रघाती कदमः विवेकशील साझा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भएको विवेकशील साझा पार्टीले बताएको छ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आइतबार एक विज्ञप्तीमार्फत यो संविधानमाथिको स्पष्ट ‘कू’ भएको बताएका हुन् ।

अध्यक्ष मिश्रले भनेका छन्, “नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान गरेको छैन । संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई छ। सो अधिकारको प्रयोग नै नगरि निहित स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्री ओलीले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेका छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *