काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार जादैछन् ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार प्रधानमन्त्री ओली दाहाल निवास खुमलटार जाने तयारीमा छन् । प्रचण्डलाई भेट्न प्रधानमन्त्री खुमलटार जान लागेको यो पहिलो पटक हो ।
कोरोनाको महामारी सुरू भएदेखि बालुवाटरबाट विरलै बाहिर निस्कने गरेका छन् । पार्टीकाे आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली खुमलटार जानुलाई अर्थपूर्ण मानिएकाे छ । भेटले ओली र प्रचण्डबीच बढेको दूरीलाई घटाउने विश्वास लिइएको छ ।
यसैबीच, प्रधानमन्त्री ओली खुमलटार पुग्नु अगावै पार्टी महासचिव विष्णु पौडेल खुमलटार पुगिसकेको स्रोतले जनाएको छ ।
