प्रज्जवल थापा । बार्यन म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । बिहीबार सम्पन भर्चुअल कार्यक्रममा लेवान्डोस्कीले फर्वार्डद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछि पार्दै फिफा ‘द बेस्ट’ को अवार्ड जितेका हुन् ।

बार्यन म्युनिखलाई युईएफए च्याम्पियन्स लिग सहित ट्रिबल जिताउन महत्वपूर्ण भूमिका खेलेका लेवान्डोस्कीले सबै प्रतियोगितामागरी ४७ खेलमा कुल ५५ गोल गरेका थिए । पोलिस स्ट्राइकरले आफुले फिफा ‘द बेस्ट’ अवार्ड जित्दा निकै खुशी रहेको बताए ।

यस्तै महिला फिफा ‘द बेस्ट” को अवार्ड भने इङल्याण्ड तथा म्यान्चेस्टर सिटीकी खेलाडी लुकी ब्रोन्जले जितिन् । उनले गत सिजन फ्रेन्च कल्ब लियोनलाई चार उपाधी जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

बार्यन म्युनिखका गोलरक्षक म्यानुएल नुयरले उत्कृष्ट गोलरक्षकको अवार्ड जिते । उनले लिभरपुलका एलिसन बेकर र एटलेटिको म्याड्रिडका जान ओब्लाकलाई पछि परेका हुन् ।

ह्युङ मिन सनले उत्कृष्ट गोलको लागि पाउने फिफा पुस्कास अवार्ड जिते । टोटेन्हामका स्ट्राइकर सनले गत सिजन बर्नलीविरुद्ध प्रिमियर लिगमा उत्कृष्ट गोल गरेका थिए ।

पुरुषतर्फ उत्कृष्ट प्रशिक्षकको अवार्ड लिभरपुलका योर्गेन क्लोपले जिते । लिड्स युनाइटेडका मार्सेलो बिएल्सा र बायर्नका हान्स फ्लिक पनि शीर्ष तीन मनोनयनमा परेका थिए ।
फिफा फिफप्रो ११:-
एलिसन बेकर, ट्रेन्ट एलेकजान्डर आर्नोल्ड, भर्जील भान डाइक, सर्जियो रामोस, अल्फान्सो डेभिस, जोशुआ किम्मिच , थियागो आलाकान्टारा’ केभिन डे ब्रुएन, लिओनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की, लियोनल मेस्सी

