काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् । स्थायी कमिटी बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी अध्यादेश ल्याइएको भन्दै खारेज गर्न माग गरेका हुन् ।
बहुमत सदस्यकै उपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी थिइन् । उनले अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको भन्दै बलनियतपूर्ण रुपमा ल्याइएको अध्यादेश खारेज गर्नुको विकल्प नभएको बताएका छन् ।
विद्यमान संवैधानिक व्यवस्था अनुसार ६ जनाको परिषद्को बैठकको गणपुरक संख्याका लागि अध्यक्षसहित ४ जना सदस्य उपस्थित हुनैपर्ने प्रावधान छ। तर आज राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशले सो प्रावधानमा संशोधन गरी बहुमतले निर्णय गर्न सकिने प्रावधान राखिएको छ ।
