नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४६.४३ विन्दुले उकालो लागेर दुई हजार १०.४५ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.०९ ले उकालो लागेर ३८२.११ मा पुगेको छ । नेप्सेमा देखिएको उच्च अङ्कको वृद्धिसँगै कारोबार रकमसमेत झण्डै रु पाँच अर्ब बराबर भएको छ । कूल २०३ कम्पनीको ९० लाख ५० हजार १६ कित्ता शेयर रु चार अर्ब ८९ करोड ९४ लाख ८४ हजार १३१ मा कारोबार भयो । साताको पहिलो दिन अघिल्ला सातामा जस्तै बजार उकालो लागेर पुनः दुई हजार विन्दुमाथि पुगेको हो ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार २९.८६, होटल ५.६८, जलविद्युत् २८.९५ बिन्दुले ओरालो लागेको छ ।

यस्तै बैङ्किङ ४५.७७, विकास बैङ्क ३६.७१, वित्त ७.२२, निर्जीवन बीमा १७४.०५, उत्पादन २७२.५४, अन्य १५.३, लघुवित्त ५६.२९, जीवन बीमा ५२८.४३ र सामूहिक लगानी कोष ०.११ ले उकालो लागेको छ । कारोबारका आधारमा आज नेपाल लाइफ इन्सुरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६७ करोड एक लाख ७२ हजार ४२१ बराबरको कारोबार भयो । यस्तै, नेपाल पुनर्बीमा कम्पनी रु ३५ करोड ९४ लाख ५६ हजार ४६८, हिमालयन डिस्टिलरी ३० करोड ६५ लाख ८२ हजार ७७, माथिल्लो तामाकोशी १८ करोेड १७ लाख ९४ हजार ९३२, चिलिमे हाइड्रोपावर १५ करोड २८ लाख १५ हजार ८२५, एनआइसी एशिया बैङ्क १५ करोड १० लाख ६७ हजार ३०९ र नेपाल दूरसञ्चार कम्पनी १४ करोड ३५ लाख ४१ हजार ९९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १२४ कम्पनीको शेयर उकालो लागेको छ । यस्तै ३० कम्पनीको शेयर ओरालो लाग्दा १९ कम्पनीको शेयरमा भने कुनै परिवर्तन देखिएको छैन । कारोबारका आधारमा बजार पूँजीकरण रु २७ खर्ब बराबरको रहेको छ । स्टकका अनुसार आजको बजार पूँजीकरण रु २६ खर्ब ९५अर्ब ३२ करोड ९१ लाख ९१ हजार ८९८ बराबर रहेको छ ।

यसैगरी माहुली सामुदायिक लघुवित्त ९.९४, साधाना लघुवित्त ९.९१, नारायणी डेभलपमेन्ट बैङ्क ९.८२, हिमालयन डिस्टिलरी ९.१५, शिवम् सिमेन्ट ७.२६, नेपाल लाइफ इन्सुरेन्स ७.११, नेपाल बङ्गलादेश बैङ्क ६.९२ र प्रभु बैङ्कका लगानीकर्ताले ६.४० प्रतिशतले कमाए । त्यस्तै माथिल्लो तामाकोशी ४.८४, आँखु खोला जलविद्युत् कम्पनी ३.५५, अरुण काबेली पावर २.८८, दिव्यश्वरी हाइड्रोपावर २.६५, रसुवागढी हाइड्रोपावर २.२७, बोटलर्स नेपाल तराई २.१९, साञ्जेन जलविद्युत् कम्पनी २.०६ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *