न्युर्योक । लामो समयको प्रतिक्षापछि अमेरिकी जनताले सोमबारदेखि कोरोना संक्रमण बिरुद्धको खोप फाइजर÷एनबायोएनटेक पाउने भएका छन् ।
अमेरिकी अधिकारीका अनुसार भ्याक्सिनको पहिलो चरणमा तीस लाख डोज ४६ राज्यमा पुर्याइने भएको छ । फाइजर ÷बायोएनटेक भ्याक्सिन, कोरोना भाइरसविरुद्ध ९५ प्रतिशतसम्म प्रभावकारी भएको दावी गरिएको छ ।
बीबीसीका अनुसार कोरोना संकटबीच यसको प्रयोगका लागि अनुमति पाउनु निकै महत्वपूर्ण मानिएको छ ।अमेरिकी अधिकारीले अधिकारीले कोरोना भाइरसलाई पराजित गर्ने यो भ्याक्सिनलाई सुरक्षित तरिकाले सबै राज्यमा पुर्याइने दावी गरेका छन ।
३० लाख अमेरिकीले सोमबार कोरोना बिरुद्धको खोप लगाउने
