ढुंगेअड्डामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, सात जना घाइते

काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ ढुंगेअड्डामा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ -०-३००१ ख १४२० नम्बरको मालवाहक ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ओखलढुंगा घर भएका अन्दाजी ३० वर्षका शंकर परियार रहेका ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए । घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ ।

प्रहरीका अनुसार ट्रकको ठक्करबाट बा २ ज २०४७ नम्बरको ट्याक्सी, बा ४ च २२१ पिकअप भ्यान, बा ४ ख ३२५२ नम्बरको बस, बा ५१ प ४९५१ नम्बरको मोटरसाइकल, प्रदेश ३ -०-२००६ प १३४१ को मोटरसाइकल र बा ४७ प २४१५ नम्बरको स्कुटरमा क्षति पुगेको छ । घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *