एउटै आमाले जन्माइन तिम्ल्याहा

वीरगन्ज । रौतहटकी एक जना महिला तीन बच्चालाई एकै साथ जन्म दिएकी छन् । ती महिलाले वीरगन्ज महानगरपालिका लक्षमणवा स्थित तराई अस्पतालमा एकै साथ तीन वटा सन्तानलाई जन्म दिएकी हुन् ।
रौतहटको बन्कुलटोल बस्ने २२ वर्षीया अनिता देवीले एकै साथ दुई वटा छोरा र एउटी छोरी गरी तीन जना बच्चालाई जन्म दिएकी छन् । एक एक मिनेटको फरकमा तीन वटै बच्चाको जन्म भएको अस्पतालका चिकित्सक डा.तरन्नुम खातुनले जानकारी दिए । बच्चाहरु जन्मिदा पहिलो बच्चाको वजन एक किलो ७ सय ग्राम, दोश्रो एक किलो ९ सय ८० ग्राम र तेश्रो बच्चा एक किलो ६ सय ग्राम रहेको अस्पतालका प्रशासन प्रमुख शिवशंकर पटेलले जानकारी दिए ।
तीन बच्चा जन्म दिएकी आमा अनिता देवीका श्रीमान र उनका आफन्तहरु तीन वटै बच्चाहरु सकुसल भएको देखेर हर्षित भएका छन् । अस्पतालले जन्मिएका बच्चाहरुको शारिरीक अवस्था पूर्ण रुपमा स्वस्थ्य भएको बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *