कांग्रेसको महाधिवेशन सर्ने निश्चित

काठमाडौं । महाधिवेशन कहिले गर्ने भनेर बिवादमा पर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका कोरोना सङ्क्रमणको कारण देखाउदै फेरी सर्ने भएको छ ।

कांग्रेसले गत असार २२ गते महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म गर्ने घोषणा गरेको थियो ।कोरोना संक्रमणका कारण कार्यतालिका अनुसारको क्रियाशिल सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन गर्न समेत नसकेपछि महाधिवेशन सार्ने घोषणा गर्न लागेको हो ।

पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभएपछि अन्य अधिवेशन पनि प्रभावित भएको छ ।त्यही कारण यही मङ्सिर अन्तिममा हुने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन कार्यतालिका संशोधन गरिने पार्टी मुख्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *