प्रधानमन्त्री र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी(भाजपा)विदेश विभाग प्रमुख विजय चौथाइवाबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र चौथाइवाबीच भेट भएको हो ।

भेटमा दुई देशको जनस्तरको सम्बन्ध विस्तार गर्ने बारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् । यसअघि भारतीय विदेश सचिव हर्षवर्धन श्रींगला मंसिर ११ गते नेपाल आएका थिए भने भारतीय सेना प्रमुख नरवणे पनि आएका थिए । त्यसअघि भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त गोयल नेपाल भ्रमणमा आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *