राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमाः मोहन वैद्य

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको बताएका छन् ।

बुधबार बिहान क्रान्तिकारी पत्रकार महासङ्घ प्रदेश नम्बर १ को आयोजनामा गाईघाटमा भएको पत्रकार सम्मेलनमा वैद्यले ‘जनता कोरोना महामारीमा परेको, तिनको रोजीरोटी गुम्दै गएको, आर्थिक सङ्कट उत्पन्न हुँदै गएको, बेरोजगारी बढ्दै गएको, राष्ट्रियता सङ्कटमा परेको तथा सत्तारुढ दलभित्र विभाजनको अवस्था आउनाले’ निराशा छाएको बताएका हुन् । अर्काे प्रसङ्गमा उनले भारतसँग सीमा विवादमा झुकेर कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधान नहुने जनाउँदै आफ्नो भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र नेपाली जनता एक हुनुपर्नेमा जोड दिए ।

सबै दलभित्रका सच्चा क्रातिकारी शक्ति एक ठाउँमा आएर अगाडि बढे मात्र वर्तमान समस्याले निकास पाउने र देश स्थायी रुपमा समृद्धितिर जाने वैद्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *