काठमाडोै । महिला सुरक्षा दबाब समुहद्धारा प्रकाशित नेपाली महिलाको ऐतिहासिक आन्दोलन एक शताब्दी नामक पुस्तक एक समारोहका बीच लोकार्पण भएको छ ।
कार्यक्रममा राज्यब्यबस्था तथा सुसाशासन समितिका सभापति शशी श्रेष्ठ , नेपाली काग्रेस संसद्धीय दलका सचेतक पुष्पा भुसाल , पूर्ब मन्त्री एवं जनता समाजबादीकी नेतृ हिसिला यमी , महिला सुरक्षा दबाब समुहकी अध्यक्ष साबित्री जंगम थापा , उपाध्यक्ष कल्याणी शाह , घोष्टराइटिङ नेपालका अध्यक्ष कमल ढकाल , बरिष्ठ पत्रकार एबं पुस्तकका सम्पादक टंक पन्तले सामुहिक रुपमा लोकार्पण गर्नुभएको पुस्तकमा नेपाली महिलाको सिगो इतिहास समेटिएको छ ।
लोपार्पंण समारोहमा उपस्थित हुन नसक्नुभएका बिभिन्न राजनीतिक दलका नेतृहरु , नागरिक संगठनका अगुवाहरु , महिला आन्दोलनका अभियान्ताहरु लगायत धरै जनाले भर्चुअल जुम मार्फत सहभागी भएर सिगो नेपाली महिला आन्दोलनको इतिहास समेटिएको पहिलो ऐतिहासिक पुस्तक प्रकाशन भएको भनी शुभकामना सहित बधाई दिएका थिए ।
घोष्टराइटिङ नेपालको प्रकाशन ब्यबस्थापनमा प्रकाशित पुस्तक ६ सय ५२ पृष्ठको रहेको छ । राजनीति , सामाजिक , महिला अधिकार तथा बिकास , प्रशासन र कानुन , शान्ति र सुरक्षा , आर्थिक बिकास , स्वास्थ्य र शिक्षा , धर्म संस्कृति र साहित्य , संचार, ट्रेड युनियन , संगीत र कला , खेलकुद र इतिहासका बिषयमा थुप्रै बिद्धानहरुले रचना लेखेका छन ।
राष्टपति श्रीमती बिद्या देवी भण्डारीले पनि शुभकामना दिनु भएको नेपाली महिलाको ऐतिहासिक आन्दोलन एक शताब्दी पुस्तकमा सेमेटिएका बिषयहरुले यो क्षेत्रमा काम गर्ने र अध्ययन अनुसन्धान गर्ने हरुका लागि निकै सहयोगी हुने बिश्वास लोकार्पण बोल्ने बक्ताहरुले गरेका छन ।
कार्यक्रममा बोल्दै नेतृ हिसिला यमीले अब नेपालमा महिला चाँडै प्रधानमन्त्री हुने बताउनु भयो भन्नुभयो हुन त राष्ट्रपति नै महिला हुनुभयो तर चाँडै अब कार्यकारी प्रधानमन्त्री महिला हुनु पर्दछ ।
कार्यक्रममा बोल्दै अर्का नेतृ शशी श्रेष्ठले नेपाली महिलाको एक शताब्दीको आन्दोलनको पुस्तक आएकोमा खुशी ब्यक्त गर्दै संघर्षको मैदानमा अझै महिलाहरु रहिरहेकोले महिला अधिकार र आन्दोलन अनि दबाब अझै कायम गर्नु पर्ने बताईन ।
अर्का नेतृ पुष्पा भुषालले समाज नयाँ तरिकाले बन्दै गएकोले नेपाली महिला तदनुरुप परिचालित हुनु आजको आवश्यकता रहेको औल्याइन ।
कार्यक्रममा लेखन कुन्जका अध्यक्ष एवम प्रकाशन ब्यबस्थापनका तर्फबाट बोल्दै कमल ढकालले नेपाली महिला र संसारमा भएको महिलाको फरक औल्याएका थिए ।
पर्यटन ब्यबसायी एवम महिला उद्यमी अम्बिका श्रेष्ठले जुम मार्फत बोल्दै नेपाली महिला संसारका कुनै महिला भन्दा कम नभएको तर्फ इंगित गर्दै अब नेपाली महिलाले बिश्वका महिलाको दौडमा आफुलाई अग्रसर बनाउनु पर्ने बताईन ।
कार्यक्रम आयोजक एवम महिला सुरक्षा दवाव समुहकी अध्यक्ष सावित्री जंगम थापाले आफुले २०१९ साल देखि समाज सेवामा लागेको र महिलाको बलत्कारको घटनाबाट सहन नसकेर संस्थाको जन्म भएको भन्दै एक सय बर्षको विभिन्न ऐतिहासिकता समेटेर पुस्तक निकाल्न पाउँदा खुशी लागेको बताईन ।
