सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि

  • 1
    Share

काठमाडौं । बजारमा बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारको तुलनामा प्रतितोला ५०० रुपैयाँले वृद्धि भएर ९१ हजारमा कारोवार भएको छ ।

छापावाला सुन मङ्गलबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ ।

यस्तै तेजाबी सुनसमेत आज प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला ९० हजार ५० रुपैयाँमा मङ्गलबार कारोवार भएको तेजाबी सुन आज भने ९० हजार ५५० रुपैयाँमा कारोवार भएको छ ।

यस्तै चाँदी आज प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोवार भएको छ । चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा मङ्गलबार कारोवार भएको थियो । चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *