कश्मीर भिडन्तमा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु ·

 

नयांदिल्ली । भारतीय सेनामा कार्यरत एक नेपाली युवाको जम्मु–कश्मीरमा भएको भिडन्तमा परी निधन भएको छ । दाङको तुलसीपुर–९ बेलुवा घर भएका प्रेमबहादुर खत्रीको पाकिस्तानी सेनाले चलाएको गोली लागेर मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ । मृतक खत्री भारतीय सेनाको नायक पदमा कार्यरत रहेका थिए । पाकिस्तानी सीमा नजिकै जम्मु–कश्मीरमा शुक्रबार भएको भिडन्तमा भारतीय सेनामा कार्यरत दुई जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ·

Leave a Reply

Your email address will not be published. Required fields are marked *