जन्ती बोकेको जीप दुर्घटना हुंदा ४ को मृत्यु

काठमाडौ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ मा जीप दुर्घटना हुँदा चारजनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घारीखोलाबाट जन्ती लिएर आठबिसकोटको दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गएराति दुर्घटना हुदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनकारी दिएको छ ।

दुर्घटनामा परी आठबीसकोट–८ का आइते चदारा, गोरे नेपाली, सार्के नेपाली र सोही नगरपालिका–७ का कलिभान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले जाकारी दिए ।

जीप सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । रोकेर यात्रु ओरालिरहँदा जीप एक्कासी पछि सरेर दुर्घटना भएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *