USAID

कक्षा १२ को परीक्षा आजदेखि सुरु, परीक्षामा ४ लाख ३२ हजार परीक्षार्थी सहभागी


काठमाडौं । कोरोना भाइरस महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो ।

थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ । सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन बोर्डले आग्रह गरेको छ । कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *