पूर्वमन्त्री जोशी साधारण तारेखमा रिहा

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दा लागेका पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशीलाई विशेष अदालतले साधारण तारेखमा रिहा गरेको छ ।

सोमबार विशेष अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र बोलेन्द्र रुपाखेतीको इजलासले पूर्वमन्त्री जोशीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको हो । हालसम्म उक्त प्रकरणका ५० भन्दा बढी प्रतिवादी विशेष अदालतमा उपस्थित भइसकेका छन् ।

ललिता निवास प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । छोटो समयका लागि भूमिसुधारमन्त्री भएका जोशीका पालामा पनि सरकारी जग्गा व्यक्तिका नाममा गएको थियो । जसको आधारमा उनीविरुद्ध पनि मुद्दा दायर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *