USAID

थप १९८० जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रायका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १९८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २,२२,२८८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३०४३ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२०६७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३३७ पुगेको छ । क्वारेन्टाइनमा ६२९ जना रहेका छन् भने आइसोलेसनमा १८८८४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *