काठमाडौं । पार्टी भित्रको बिवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ्गको भ्रमणमा निस्किएका छन ।
सेनाको हेलिकोप्टर मार्फत बिहान उनी त्यस तर्फ लागेका हुन् ।
उनले ताप्लेजुङ्गमा चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरिक्षण गर्ने भएका छन् । यस्तै इलाममा पनि उनी स्थानीय कार्यक्रममा सहभागी हुने बालुवाटारले जनाएको छ ।
