आइसोलेसनमा बसेकालाई सामूहिक भाइटीका

इनरुवा ।
इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी आइसोलेसन कक्षमा सोमबार सामूहिक भाइटीका लगाइएको छ । आइसोलेसन कक्षमा रहेका छ कोरोना सङ्क्रमितलाई नगर उपप्रमुख लक्ष्मी गौतमको सक्रियतामा त्यहीँ रहेकी एक कोरोना सङ्क्रमित महिलाले टीका लगाइदिएकी हुन ।

साथै उपप्रमुख गौतमले ११ सुरक्षाकर्मी र चार स्वास्थ्यकर्मीलाई टीका लगाइ दिएकी थिईन ।
टीका, माला, सेलरोटी, फलफूल लगायतका खानेकुरा लिएर उपप्रमुख गौतम आइसोलेसन कक्ष पुगेकी थिईन । सङ्क्रमितहरुले वर्ष दिनको चाडबाडमा आइसोलेसन कक्षमा रहँदा पनि टीका लगाउने अवसरका लागि धन्यवाद ज्ञापन गरेका थिए । चाडबाडमा समेत सेवामै खटिएका सुरक्षाकर्मीलाई टीका लगाइदिँदा उनीहरुले आँखाभरि आँशु पारेर हर्ष व्यक्त गरेको उपप्रमुख गौतमले बताईन ।

वर्ष दिनको चाडबाडका बेला सङ्क्रमित भएर घर परिवारभन्दा टाढा बस्नुपर्दा र उहाँहरुको स्वास्थ्य र सुरक्षाका लागि चाडपर्व पनि नभनी खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई चाडबाडको अनुभूति दिलाउन टीका लगाइदिएको उपप्रमुख गौतमले वताईन । दशैँका बेला पनि इटहरी आइसोलेसन केन्द्रमा सामूहिक टीका लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *