बाँके र मकवानपुरका गरी दुई कोरोना संक्रमितको निधन

काठमाडौं । बाँके र मकवानपुरमा गरी थप दुई जना कोरोना संक्रमितका उपचारका क्रममा निधन भएको छ । बाँके घर भई सुर्खेतको वीरेन्द्रनगर बस्ने ६२ वर्षीय पुरुषको सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो । स्वासप्रश्वासमा समस्या आइ अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको कर्णालीको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरीकोरोना संक्रमणबाट मकवानपुरका एक पुरुषको निधन भएको छ । मकवानपुरको बकैयाका ६० वर्षीय पुरुषको आइतबार साँझ भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कात्तिक २१ कोरोना पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएकोमा अवस्था गम्भीर भएपछि २४ गते आइसियूमा राखेमा उपचार सुरु गरिएको थियो । तर उनको उपचारका क्रममा आइतबार साँझ निधन भएको अस्पतालले जनाएको छ । उनलाई निमोनियासमेत भएको चिकित्सकले जानकारी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *