USAID

सहप्राध्यापक भण्डारीको कोरोना उपन्यास “निरुत्तर” सार्वजनिक


तनहूँ । सहप्राध्यापक एकनारायण भण्डारीद्वारा लिखित उपन्यास “निरुत्तर” सार्वजनिक गरिएको छ । प्राध्यापन पेशामा रहेका भण्डारीको यो पहिलो कृति हो ।

बाराही साहित्य प्रतिष्ठान, तनहूँले पञ्चमुनिदेव माध्यमिक विद्यालयमा आयोजना गरेको विमोचन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ठाकुरप्रसाद वाग्ले, शुक्ला साहित्य सङ्गमका संरक्षक शेषमणि आचार्यलगायतले साहित्य लेखनको औपचारिक यात्रामा प्रवेश गरेकामा बधाइ दिँदै थप लेखनीका लागि भण्डारीलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा उपन्यासकार भण्डारीले बेनामको यात्राबाट नामको यात्रामा लकडाउनले डोर्याएको उल्लेख गर्दै “निरुत्तर” कोरोना साहित्य (उपन्यास)को विमोचन गर्न पाउँदा खुशी व्यक्त गरे । तिहारलगत्तै बजारमा पुस्तक सर्वसुलभ उनले जानकारी दिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *