हत्यामा संलग्नललाई कारबाहीको माग गर्दै जिल्ला प्रशासनमा तोडफोड, ९ जना विरुद्ध सार्वजनिक मुद्दा

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गर्ने नौविरुद्ध सार्वजनिक मुद्दा लगाइएको छ ।
हिमा गाउँपालिका–१ जुम्ला मोफ्ला गाउँका १६ वर्षीय किशोरी बबिता रोकायको हत्यामा संलग्नलगायत शंकास्पदको अनुसन्धान गर्नुपर्ने दबाब दिँदै आएका पीडितलले आज अपरान्ह प्रशासन कार्यालयमाथि ढुंगामुढा गरेका थिए । प्रशासनमाथि तोडफोड गर्ने नौजनालाई सार्वजनिक मुद्दा लगाइएको छ ।

मुद्दा लगाइएका नौ जनासहित स्थानीयको ढुंगा प्रहारबाट प्रशासन कार्यालयको प्रजिअ कक्ष, निवास, प्रहरी बिट र मालिका मन्दिर तोडफोड हुँदा रु ।आठ लाख बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक भरतसिंह राठौरले सार्वजनिक सम्पत्तिमाथि तोडफोड गरिएकाले सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाइएको बताए । उनका अनुसार घटनामा सम्लग्न चार जना नियन्त्रण लिइएको र पाँच जना फरार छन् ।

उनका अनुसार घाइते चार प्रहरीमा दुई सामान्य उपचारपछि घर फर्केको र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । यता पीडितपक्षका घाइते दुई जना पनि उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न प्रमुख अभियुक्त करबहादुर भण्डारी, अन्य घटनामा संलग्न रामचन्द्र डाँगी र उनका श्रीमतीलाई पीडितको किटानी जाहेरी अनुसार पक्राउ गरी अनुसन्धानका सबै प्रक्रिया पुर्याएर अदालत पठाई उनीहरुको सुनुवाइ भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *