थप १९४६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १९४६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २,०८,२९९ पुगेको छ ।

त्यसैगरी शनिबार निको भई थप २५०३ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १,७०,६३२ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ ।

क्वारेन्टाइनमा १०५७ जना रहेका छन् भने आइसोलेसनमा ३६४५२ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *