काठमाडौ । तत्कालिन अर्थ मन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा पुस्तकमा लगाएको कर अर्थ मन्त्री बिष्णु पौडेलको आग्रहमा मन्त्रिपरिषदले हटाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अघिल्लो अर्थमन्त्री खतिवडाको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले पुस्तकमा कर लगाउने निर्णय गरेको थियो । डा. खतिवडाले
पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेका । तर सो निर्णयको विरोध हुँदै आएकोमा अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कर हटाउने निर्णय गरेको बताइएको छ ।
यसैगरी कोरोनाभाइरसविरुद्धको खोप आयातका लागि प्रक्रिया थाल्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
