मास्क अनिर्वाय प्रयोग गर्न वाइडेनको अपिल

डेलावर । अमेरिकामा तीव्र गतिमा फैलिएको कोरोना संक्रमणको महामारीबाट बच्न राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले अमेरिकीहरुलाई अनिर्वाय रुपमा मास्क लगाउन अपिल गरेका छन्।
कोरोना भाइरस महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी माध्यम भनेको मास्क प्रयोग नै भएकाले सबै अमेरिकीलाई मास्कको प्रयोग गर्न उनले आग्रह गरेका छन।

चुनावी अभियानका क्रममा पनि उनले लगातार मास्क लगाउन आग्रह गर्दै आएका थिए र निर्वाचित राष्ट्रपतिका रुपमा उनले सबै अमेरिकीलाई मास्क लगाउन आग्रह गरेका हुन ।

यही नोभेम्बर ३ मा भएको चुनावमा पराजित भए पनि हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मास्कलाई लिएर सदैव आशंका व्यक्त गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *