नेपालसँग सम्बन्ध सुधारका लागि भारतीय विदेश सचिव नेपाल आउदै

काठमाडौं । नेपालसँग सम्बन्ध सुधारका लागि भारतीय विदेश सचिव हर्षबर्द्धन सिङ्ग्रला मंसिर दोस्रो साता नेपाल आउने भएका छन्।

कात्तिक १९ देखि दुई दिनसम्म भएको भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपालभ्रमण लगत्तै सिङ्ग्रला नेपाल आउने भएका हुन् । पछिल्लो समय भारत नेपालसँग सम्बन्ध सुधारका लागि अग्रसर देखिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर भारतले नक्सा जारी गरेसँगै नेपालसँग बिग्रेको सम्बन्ध सुधार गर्ने पक्षमा देखिएको छ ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार केही समयदेखि बिग्रिएको नेपाल भारत सम्बन्ध सुमधुर बनाउन सिङ्ग्रलाको भ्रमण तय भएको हो । विदेश सचिव पठाउने निर्णय सेना प्रमुख जनरल एमएम नारावनेलाई नेपाली सेनाको मानद पदका सम्मानित भएको केही दिन पछि आएको हो । यो खवर आज राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *